काठमाडौं । म्यानमारमा भएको सैनिक ‘कू’ लाई लिएर विश्वभर चर्चा भइरहेको छ । यो बीचमा अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारको सेनाविरुद्ध कदम चाल्ने धम्की दिनु भएको छ । म्यानमारको सेनाले सोमबार शासन सत्ता हातमा लिँदै नेतृ आङ सान सुकी, राष्ट्रपति विनमिन्टलगायतका नेताहरुलाई हिरासतमा लिएसँगै विश्वभर चर्चा भइरहेको छ । सेनाले एक वर्ष संकटकाल घोषणा पनि गरेको छ । म्यानमारको सेनाको सो कदमको बाइडनले कडा शब्दमा विरोध जनाउनु भएको छ । उहाँले म्यानमारको सत्ता तत्काल छोड्न सेनालाई भन्नु भएको छ । सेनाले आफुहरुले भने अनुसार नगरे ‘उचित कदम’ चाल्ने बाइडनले चेतावनी दिनु भएको छ ।

सम्बन्धित खबरहरु