काठमाडौ । खानेपानी तथा सरसफाई मन्त्री मणि थापाले सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता हेमन्तप्रकाश वलीसँग मंगलबार बिहान कारागारमा नै पुगेर भेटवार्ता गरेका छन्।

मन्त्री थापाले मंगलबार बिहान नख्खु कारागार पुगेर नेता वलीसँग भेटवार्ता गरेको उहाँका स्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिनुभयो । वलीलाई भेटेर मन्त्री थापाले तस्विर खिचाएका थिए । मन्त्री थापा भने खादामा सजिएका थिए । नेता वली भने अत्यन्तै साघुरो कोठामा उभिएका थिए । मन्त्री थपा त्यही गएर भेटे ।

खानेपानीको अनुगमनका लागि नख्खु पुगेको र सोही अवसरमा उहाँहरुबीच भेटवार्ता भएको बुझिएको छ । मन्त्री थापालाई नेता वलीले जेलमा स्वागत गर्नुभएको थियो । संसद विघटनको निर्णयपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा फुट आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी समूहका नेतालाई आफ्नो पक्षमा तान्ने प्रयास गरिरहनुभएको छ ।

त्यसैको निरन्तरता स्वरुप ओलीले भूमिगत विप्लव समूहलाई मुलधारमा ल्याउन संवादको प्रयास जारी राखिएको छ । ‘उहाँहरुबीच केहीबेर कुराकानी भयो । विप्लव समूहमाथि सरकारले २९ फागुन २०७५ मा प्रतिबन्ध लगाएको हो ।

वार्ताका लागि पहिले प्रतिबन्ध फुकुवा गर्नुपर्ने शर्त समूहले राखेको छ । त्यसपछि हिरासतमा रहेका नेता, कार्यकर्तालाई छाड्नुपर्ने र वार्ताका लागि औपचारिक पत्र पठाए छलफलमा बस्न तयार रहेको विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले सन्देश पठाएको बुझिएको छ ।

पछिल्लो समय सरकार र विप्लव समूहबीच वार्ताको चर्चा चलिरहेका बेला मन्त्रीले जेलमै पुगेर विप्लवका नेतालाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। सरकार र समूहबीच वार्ता गराउनको लागि खानेपानी मन्त्री थापाले सक्रियता देखाइरहेका छन्।

मन्त्री थापा र नेता वली दुवै पूर्वमाओवादी हुनुहुन्छ । माओवादी विभाजनपछि नेता वली विप्लव समूहमा लाग्नुभयो । थापापछिल्लो समय प्रचण्डको साथ छाडेर ओली समूहमा गएर मन्त्री बन्नुभयो ।

नख्खुमा एनसेलको मुख्यालय अगाडि भएको विस्फोटमा संलग्न रहेको आरोपमा २०७५ चैतको पहिलो हप्ता वली काभ्रेबाट पक्राउ गरि जिल्ला अदालत, ललितपुरले उनलाई १० वैशाखमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । र, उनलाई नख्खु कारागार चलान गरिएको थियो।

 

सम्बन्धित खबरहरु