काठमाडौ । अब अविवाहित महिला र एकल पुरुषले पनि सरकारी भत्ता थाप्ने भएका छन्। दैलेखको डुङ्गेश्वर गाउँपालिकाकामा रहेका एकल पुरुषले पटकपटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६–७७ मा कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको हो।

गाउँपालिकाले ५५ वर्षमाथिका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेपछि भत्ता पाउने भएका हुन्। उनीहरुलाई मासिक ५ सय रुपैयाँ भत्ता दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले ऐन निर्माण गरी गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने ५५ वर्षमाथिका एकल पुरुषलाई माघदेखि भत्ता दिने निर्णय गरेको अध्यक्ष नगेन्द्रबहादुर मल्लले जानकारी दिए। भत्ता ६–६ महिनामा वितरण गरिनेछ, अध्यक्षले भने।

त्यसैगरी बिवाह नगरी बसेकी महिलालाई पनि भत्ता दिने निर्णय भएको अध्यक्ष मल्लले बताए। तर महिलाको उमेर हदबारे भने छलफल भइरहेको र एकल पुरुष र अबिवाहित महिलाहरूको लगत सङ्कलन गर्ने काम भइरहेको छ। रासस

 

सम्बन्धित खबरहरु