काठमाडौ । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भीषण हिमपात भएको छ । हिमपातका कारण हवाई उडानहरू रद्द र खोपकेन्द्रहरू बन्द हुनुका साथै न्यूयोर्क र न्यूजर्सीमा सङ्कटकाल घोषणा गरिएको छ।

स्थानीय समयानुसार सोमवार मध्यदिनसम्म न्यूजर्सी र पेन्सल्भेनियामा १९ इन्च र न्यूयोर्कमा १७ इन्च हिउँ परेको बताइएको छ। १९ इन्च हिउँले बाहिर राखिएका सवारीहरु पुरिएका छन् । घरहरु तल्लो तला पुरिएका देखिन्छन् ।


अमेरिकी मौसम विभागले मङ्गलवारपछि मात्रै हिमपात कम हुने बताएको छ। न्यूयोर्कमा सोमवार बिहानैदेखि अत्यावश्यक पर्दाबाहेक अन्य यात्रामा प्रतिबन्ध लगाइएको छ भने मङ्गलवार विद्यालय बन्द गरिएका छन्। हिमपातका कारण १,६०० भन्दा बढी हवाई उडानहरू रद्द भएका छन्। न्यूयोर्क र न्यूजर्सी लगभग ठप्प छन् । बीबीसी

 

सम्बन्धित खबरहरु