काठमाडौं । ४० कटेसी रमाउला भन्ने गीत धेरैले सुन्नु भएको हुनुपर्छ । चर्चित गायिका अञ्जु पन्तले पनि अब ४० पछि रमाउने विचार गर्नुभएको छ । एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स गर्नुभएकी गायिका पन्तले पुनः बिहेको तयारी गर्नुभएको छ । गायिका पन्तले इलामका थिर कोइरालासँग बिहे गर्न लाग्नु भएको हो ।

दुबैको परिवारमा बिहेको कुराकानी पनि भइसकेको छ तर मिति भने तोकिएको छैन । थिरका अनुसार उहाँहरु एकबर्षदेखि प्रेममा हुनुहुन्छ । तर, तत्काल बिहे गर्ने, भव्य रुपमा गर्ने, लूगा नै सिउन दिएको भन्ने हल्लाहरुमा सत्यता भने रहेको छैन । उहाँका अनुसार बिहेको कुरा भने भइरहेको छ ।

आफूहरुले तत्काल बिहे गर्ने योजना नबनाएको भएपनि बजारमा आएको खबरले दबाब बढाएको पनि उहाँले स्पष्ट पार्नुभयो । उहाँहरु प्रेममा भएको भए पनि तुरुन्त बिहे गरिहाल्ने योजना भने बनेको थिएन् । बजारमा हल्ला हुनु भन्दा पहिले आफुहरु अर्को वर्षतिर विहे गर्ने सोचमा रहेको उहाँले जानकारी दिनुभयो ।

तर अब बजारमा हल्ला भएपछि अर्को वर्ष अलिक ढिला हुनसक्ने उहाँको बुझाई रहेको छ । उहाँहरु दुबैले क्रिश्चियन धर्ममा आस्था राख्नुहुन्छ । थिरसँगको एक अन्तरवार्ताको क्रममा अञ्जुको भेट भएको थियो । अञ्जुकी छोरी परितोशिका पन्तले केही समयदेखि मिडियामा आमाले बिहे गर्नुपर्ने बताउँदै आउँनु भएको थियो ।

 

सम्बन्धित खबरहरु