काठमाडौं । दोलखाबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुले भरिएको यात्रुबाहक बस सुनकोशी गाउँपालिकास्थित नौ किलोमा दुर्घटनाग्रस्त भएको छ ।

आज मंगलबार लामोसाँघु–जिरी सडकखण्डमा अरनिको यातायातको बा २ ख २७८९ नम्बरको बस दुर्घटनामा परी १५ जनाभन्दा धेरै यात्रु घाइते भएको प्रहरीले जनाएको छ। बस तीव्र गतिका कारण सडकमै पल्टिएको प्रहरीको भनाई छ । बसका चालक फरार रहेका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।

 

सम्बन्धित खबरहरु