काठमाडौं । चर्चित गायिका अञ्जु पन्तले आफ्नो विहेलाई लिएर मुख खोल्नु भएको छ । उहाँले थीर कोइरालासँग विवाह गर्न लागेको जानकारी दिनु भएको हो । गायिका पन्तले दुवैतिरका घर परिवारका सदस्यबीच बिहेबारे सल्लाह भइसकेको बताउनुभयो ।

उहाँले आफ्नो बिहेपछि नयाँ अध्याय सुरु हुने समेत स्पष्ट पार्नुभयो । इलामका थीरले पनि बिहे गर्ने सहमतिमा पुगे पनि मिति तय हुन भने बाँकी रहेको जानकारी गराउनुभयो । दुवै जनाको अनुकुल समय मिलाएर मिति तोक्ने तयारी गर्नुभएको छ ।

थीर र अञ्जु पन्तको पहिलो भेट आजभन्दा ६ वर्षअघि भएको थियो । थीर नेपाल टेलिभिजनमा ‘सर्वाङ्गिण संवाद’ नामको कार्यक्रम चलाउँदै आउँनु भएको थियो । अञ्जु र थीर बीच त्यही कार्यक्रममा पहिलो चिनजान भएको थियो । काठमाडौंअघि इटहरी बस्दै आउँनु भएका थीर ‘इटहरी साप्ताहिक’ का पूर्वसम्पादक पनि हुनुहुन्थ्यो ।

 

सम्बन्धित खबरहरु