काठमाडौं । भारतमा पेट्रोलको मुल्य नेपालको भन्दा धेरै भएको खुलेको छ । भारतीय जनता पार्टी (भाजपा) का बरिष्ठ नेता सुब्रमण्यम स्वामीले भारतसँग दाँज्दै नेपालको तारिफ गरेका छन् । उनले भारतमा पेट्रोल नेपालको भन्दा धेरै महङ्गो भएको भन्दै नरेन्द्र मोदी सरकारको आलोचना पनि गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा उनले रामको देश भारतमा पेट्रोलको मुल्य ९३ रुपैयाँ हुँदा सीताको देश नेपालमा ५३ भएको जनाएका छन् । त्यस्तै रावणको देश श्रीलंकामा ५१ रुपैयाँ भएको भन्दै मोदी सरकारको आलोचना गरेका छन् ।

सुब्रमण्यम स्वामी एक भारतीय राजनीतिज्ञ, अर्थशास्त्री र सांख्यिकीविद् हुन् जसले भारतीय संसदको माथिल्लो सदन राज्यसभामा मनोनीत सदस्यको रूपमा काम गर्दै आएका छन् । राजनीतिमा प्रवेश गर्नु अघि उनी दिल्लीको भारतीय टेक्नोलोजी संस्थानको गणितिय अर्थशास्त्रका प्राध्यापक थिए । माथि उल्लेख गरिएको सबै रकम भारतीय रुपैयाँ अनुसार हो ।

https://twitter.com/Swamy39/status/1356462621373816833

सम्बन्धित खबरहरु