काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले युद्धमा कहिल्यै नहारेको नेपालले मात्र यत्रा–यत्रा डल्ला फ्याँक्नुपर्ने खेलहरुमा कहिलै हार्न नहुने बताउनुभएको छ । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको खेलकुदसँग प्रधानमन्त्री अन्तर्क्रिया कार्यक्रममा बोल्दै ओलीले कहिल्यै उपनिवेश र कुनै युद्ध नहारेको नेपालले खेलकुदमा पनि कहिलै हार्नु हुन्न जित्नुपर्छ भन्नुभयो ।

अंग्रेजको युद्धमा जित्ने नेपालीले खेलमा किन हार्नु परेको छ र ! फुटबलमा भकुन्डो हान्ने र क्रिकेटमा बलमा हान्ने त हो, उहाँले भन्नुभयो कहिल्यै उपनिवेश नबनेको, कहिल्यै नहारेको देश यत्रा–यत्रा डल्ला मात्र फ्याँक्दा किन हार्ने ? उहाँले खेलमा जित र हारको ठूलो अर्थ हुने धारणा राख्नुभयो ।

सम्बन्धित खबरहरु