काठमाडौं । विश्वभर मोबाइल फोन निर्माण गरेर पठाउँने चीनले आफ्ना स्कुले विद्यार्थीमाथि मोबाइल फोन बोक्न प्रतिबन्ध लगाएको छ । चीनको शिक्षा मन्त्रालयले प्राथमिक र माध्यामिक विद्यालयका विद्यार्थीलाई मोबाइल बोक्न रोक लगाएको हो । इन्टरनेट र गेमको लत छुटाएर विद्यार्थीको ध्यान पढाइमा केन्द्रीत गराउन यस्तो कदम चालिएको चीन सरकारले जनाएको छ । कुनै विद्यार्थीले मोबाइल विद्यालयमा ल्याउनै पर्ने भए अभिभावक र विद्यालयको पूर्वस्वीकृति लिनु पर्नेछ । अर्कोतिर कक्षामा हुँदा फोन विद्यालय प्रशासनलाई बुझाउनु पर्नेछ । चीन सरकारका अनुसार यो प्रतिबन्ध तत्कालै लागू हुनेछ । मन्त्रालयको निर्देशनमा विद्यार्थीको भौतिकदेखि मानसिक स्वास्थ्यको रक्षा गर्न यो कदम चालिएको उल्लेख छ ।

सम्बन्धित खबरहरु