काठमाडौं । आगामी निर्वाचनमा ७ अर्ब भन्दा धेरै खर्च हुने भएको छ । निर्वाचन आयोगले सरकारले घोषणा गरेको २०७८ वैशाख १७ र २७ गतेको निर्वाचन गराउन ७ अर्ब ७ करोड रुपैयाँ खर्च आवश्यक पर्ने बताएको छ । आयोगको मंगलबार बसेको बैठकले ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ आवश्यक पर्ने जनाएको हो ।

आयोगले अर्थ मन्त्रालयसँग उक्त रकम माग गर्ने निर्णयसमेत गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार कोरोना भाइरस (कोभिड–१९) को महामारीको समयमा निर्वाचन सञ्चालन र व्यवस्थापन गर्दा मितव्ययीता अपनाउने गरी आयोगले कार्यविधि बनाएको छ ।

विज्ञप्तिमा विगतका निर्वाचनमा प्रयोग गरी हाल मौज्दातमा रहेका मतपेटिका लगायत विभिन्न उपकरण र सवारी साधनहरू मर्मत गरी प्रयोग गर्ने व्यवस्था गरिएकोले नयाँ सामग्री, उपकरण र सवारी साधन खरिद गर्नेगरी बजेटमा समावेश गरिएको छैन भनिएको छ ।

अर्कोतिर आयोगले कोभिड–१९ को सुरक्षा सतर्कताका लागि आवश्यक पर्ने न्यूनतम सुरक्षा व्यवस्थाका लागि ३७ करोड ४१ लाख ७४ हजार रुपैयाँ प्रस्ताव गरेको छ ।

सम्बन्धित खबरहरु