काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समुहको आमहड्ताल नियन्त्रण भन्दा बाहिर गएको खुलेको छ । आमहड्तालका क्रममा ट्याक्सी जलाउने लगायत कामहरुमा आफुहरु संलग्न नभएको उक्त समुहको दाबी छ । प्रचण्ड–नेपाल समुहले यस प्रदर्शनमा बाहिरी घुसपैठ भएको आरोप लगाएको छ ।

यो बीचमा आमहड्ताल गर्न सडकमा निस्किएका ७७ जना नेता, कार्यकर्ता पक्राउ परेका छन् । प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आमहड्तालका लागि सडकमा निस्किएका ७७ जना नेता, कार्यकर्ता पक्राउ परेका छन् । निर्वादरुपमा हिँड्न अवरोध गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट ७६ र भक्तपुरबाट एक जनालाई पक्राउ गरी नजिकैको प्रहरी कार्यालयमा राखिएको छ । डर, धम्की र जबरजस्ती रोक्ने कार्यगरि सर्वसाधरण लाई असहज पुयाएका थिए । पक्राउ पर्नेहरुको संख्या लगातार बढ्दै गइरहेको छ । उक्त समुहका अध्यक्ष प्रचण्डसहितका नेताहरु सडकमा निस्कनु भएको छ ।

सम्बन्धित खबरहरु