काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षको आमहड्ताललाई लिएर गृह मन्त्रालयले कडा चेतावनी दिएको छ । आज जारी आमहड्तालका क्रममा सडक अवरुद्ध पार्ने, व्यापार, व्यवसाय र सवारी सञ्चालनमा अवरोध गर्नेलाई नियन्त्रणमा लिन प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) तथा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।

गृह मन्त्रालयले आम नागरिक, यातायात, उद्योगी, व्यवसायीलाई पूर्ववः रूपमा उद्योगधन्दा, पेसा, व्यवसाय सञ्चालन गर्न पनि अपिल गरेको छ । मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बुधवार विज्ञप्ति जारी गर्दै सर्वसाधारणको हक अधिकार हनन गरिए कानुन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिन सुरक्षा निकायलाई स्पष्ट रूपमा निर्देशन दिइएको जानकारी दिनुभयो ।

उद्योगी, व्यवसायी, यातायात सञ्चालक, नागरिकलगायतलाई सधैंझैं आफ्ना पेसा, व्यवसाय नियमित सञ्चालन गर्न आग्रह गरिएको उहाँको भनाई रहेको छ । नियमित कामकारबाहीमा कसैले अवरोध पुर्‍याउन खोजे सरकारले कानुनअनुसार आफ्नो जिम्मेवारी निर्वाह गर्ने बताउनुभयो ।

सम्बन्धित खबरहरु