काठमाडौं । अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको अभिनय रहेको म्युजिक भिडियो ‘पुरानो घाउ’ सार्वजनिक भएको छ । लोकप्रिय गायिका अञ्जु पन्तको स्वर रहेको गजल गीत ‘पुरानो घाउ’ शब्द चन्द्र प्रसाई ‘परिस्कृत’ले कोरेका हुन् ।

गीतकार प्रसाईका यस अगाडि प्रेमको कथा, कथा मृत्युको लगायतका गीत हिट छन् । सन्तोष श्रेष्ठले संगीत भरेको गीत मेलोडियस शैलीमा तयार पारिएको छ । गजल सुन्दा आनन्द लाग्छ ।

गीतमा बिष्णु अधिकारीको एरेन्ज, विश्व अधिकारीको रेकडिङ, मिक्सिङ र मास्टरिङ छ । देवेन्द्र पाण्डेले निर्देशन रहेको भिडियोमा आकाश र पुजालाई निकै आकर्षक तरिकाले उतारिएको छ । गीत मार्फत गीतकारले प्रेमीले प्रेमीकालाई पुराना प्रेमका याद भुलाएर जिन्दगी नयाँ तरिकाले अगाडि बढाएर सुखमय बनाउन प्रेरणा दिएका छन् । भिडियोमा पनि यस्तै कथा बुनिएको छ ।

पछिल्लो समयका ब्यस्त निर्देशक पाण्डेको हरेक भिडियोमा फरक पन पाउन सकिन्छ । यो भिडियोमा पनि उनले केही फरक दिने कोसिस गरेका छन् । इनाक्षी इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोमा उत्सव दाहालको छायाँकन, बिकाश दाहालको सम्पादन छ । भिडियोका प्रोडक्सन म्यानेजर दीपेन गौतम हुन् ।

https://youtu.be/IzLPhcoEQ0U

सम्बन्धित खबरहरु