काठमाडौं । कालीकोटको पोतमारा जलविद्युत् आयोजना बन्द भएको सात महिना पुगेको छ । गत साउन २ गते अवरोध भएको पोतमारा जलविद्युत् आयोजना समयमा नबन्दा कालीकोटका बासिन्दा अँध्यारोमा छन् । वर्षामा आएको बाढी र पहिरोले आयोजनामा क्षति पु¥याएको थियो ।

मर्मत गर्न कालीकोट वितरण केन्द्रले ढिलासुस्तीले गर्दा सात महिनासम्म बत्ती बल्न सकेको छैन । बिग्रिएको आयोजना बनाउन ठेक्का भएर काम गर्नका लागि सम्झौता भएको पनि दुई महिना पुग्दैछ तर पनि काम भनेअनुसार हुन नसकेपछि विवेकशील साझा पार्टीले कालीकोट वितरण केन्द्रको ध्यानाकर्षण गराएको छ ।

विवेकशील साझा पार्टी कालीकोटका संयोजक अनिलबहादुर बुढाले ध्यानाकर्षण पत्र कार्यालय प्रमुखले बुझ्न नमानेको बताउनुभयो । यता कार्यालय प्रमुख मेखराज जोशीले पुस १४ गते भैरवनारायण जेभीसँग कामको सम्झौता भएको र वैशाख १४ मा काम सक्ने कार्यालयको ताकेता भएकाले त्यसभन्दा अगाडि नै पत्र नबुझेको बताउनुभयो ।

उहाँले ग्याबिनको काम भइरहेकाले तोकिएकै समयमा काम सम्पन्न हुने उल्लेख गर्नुभयो । कालीकोटमा अहिले जेनेरेटरबाट दैनिक छ घण्टा बत्ती दिने गरिएको छ । बत्ती नभएका कारणले दैनिक काममा समेत अवरोध भएको छ । जिल्ला प्रशासन कार्यालयले नागरिकता दिन बत्तीको कारणले स्थानीय तहलाई समय तोकेको छ ।

सम्बन्धित खबरहरु