काठमाडौं । कहिलेकाँही विश्वमा त्यस्ता घटनाहरु हुन्छन् जसलाई पत्याउन गाह्रो पर्दछ । यस्तै, भारतको तेलाङ्गनामा एउटा अचम्मको घटना भएको छ । २५ दिनदेखि तेलाङ्गनाको एक जेलमा थुनिएका दुई कुखुरा रिहाइको प्रतिक्षामा छन् ।

केही सट्टेबाजका कारण उनीहरूलाई समातेर त्यहाँ राखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कुखुराका साथमा पक्राउ परेका सट्टेबाजहरू जमानतमा रिहा भइसकेका छन् । तर, दुई कुखुरा भने अहिलेसम्म जेलमै छन् । उनीहरूलाई प्रहरीले १० जनवरीमा पक्राउ गरेको थियो ।

संक्रान्ति पर्वको समयमा कुखुरा समात्ने खेल सँगै सट्टेबाजी खेलाइरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको थियो । सोही स्थानबाट प्रहरीले एउटा मोटरसाइकल र दुईवटा कखुरा पनि बरामद गरेको थियो । पक्राउ परेका मानिसहरू जमानतमा निस्किएपछि कुखुरालाई कसैले पनि दाबी गर्न नआएपछि जेलमै रहेका हुन् ।

सम्बन्धित खबरहरु