काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ८ सय ६ पुगेको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार यस्तै, थप २ सय ४८ जना संक्रमित निको भएका छन् । योसँगै कोरोनाबाट निकोहुनेहरुको संख्या २ लाख ६७ हजार ८ सय १२ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १९ सय ५९ छ । यस्तै, ९५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । शनिबारसम्म नेपालमा २० लाख ९१ हजार १ सय ६६ पीसीआर परीक्षण भएका छन् ।

सम्बन्धित खबरहरु