काठमाडौ । नेपाली सेनाले ठूलो संख्यामा क्याप्टेन पदमा विज्ञापन गरेको छ । २ सय जना अधिकृत क्याडेट (क्याप्टेन) का लागि नयाँ भर्ना खुल्ला गरेको छ ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले गोरखापत्रमा सूचना प्रकाशित गर्दै खुलातर्फ १ सय ५ पदमा बिज्ञापन खुलाएको छ भने समावेशी तर्फ १८ महिला, २९ आदिवासी जनजाती, २५ मधेशी, १४ दलित, ५ अमर सैनिक सन्तती र ४ पद पिछडिएको क्षेत्रमा गरी जम्मा २०० पदमा भर्ना आह्वान गरेको हो ।

आगामी फागुन २१ गतेसम्म दरखास्त दिन सकिने निर्देशनालयले जनाएको छ । न्युनतम प्रमाणपत्र तह वा सो सरह उतीर्णले दरखास्त दिन सक्ने छन् ।

हेर्नुहोस् विज्ञापन

सम्बन्धित खबरहरु