काठमाडौं । सर्वोच्च अदालतका पूर्व न्यायाधीश इन्द्रराज पाण्डेको निधन भएको छ । उहाँको सोमबार बिहान वानेश्वर स्थित आफनै निवासमा ९० वर्षको उमेरमा निधन भएको हो । तत्कालिन मल्लिक आयोगका सदस्य समेत रहनुभएका पाण्डे विगत लामो समय देखि नशा सम्बन्धी रोगले पीडित हुनुहुन्थ्योे । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँको चार छोरी रहेका छन् ।

सम्बन्धित खबरहरु