काठमाडौं । लामो समयदेखि चलिरहेको प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा भोलि (मंगलबार) बहस नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्‍द्रशम्शेर जबराले न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार इजलास नबस्ने जानकारी दिनुभयो ।

अब प्रतिनिधि सभा विघटन मुद्दामा माघ २८ गते बहस हुनेछ । संसद विघटन मुद्दामा केही दिनयता प्रधानमन्त्रीका निजी कानून व्यवसायीले सरकारी निर्णयको प्रतिरक्षामा बहस गरिरहेका छन् । प्रधानन्यायाधीश जबराले यस महिनाभित्र नै बहस सक्काउनुपर्ने कुरामा जोड दिदैँ आउँनु भएको छ ।

सम्बन्धित खबरहरु