काठमाडौं । मंगलबार (आज) बिहानै ताप्लेजुङमा शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा केन्द्रविन्दु भएर बिहान भुकम्प गएको हो ।

आज बिहान ७ः३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु भएको ओलाङचुङगोला चीनसँगको सिमाना रहेको जनाइएको छ । भूकम्पको धक्का भने जिल्लाको सदरमुकामसम्म महसुस भएको थियो ।

ताप्लेजुङ आसपासको क्षेत्रमा घरहरु हल्लिएको भए पनि के कति क्षति भए नभएको यकिन विवरण भने आइसकेको छैन । भुकम्पपछि मान्छेहरुको भागाभाग भएको थियो ।

सम्बन्धित खबरहरु