काठमाडौं । चर्चित नेपाली अभिनेत्री करिश्मा मानन्धरलाई महानायिकाको उपाधि मिलेको छ । काठमाडौंमा आयोजित आरके इन्टरटेनमेन्टले आफ्नो बीसौं वार्षिकोत्सवको अवसरमा नायिका मानन्धरलाई महानायिका उपाधि दिएको हो । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा करिश्मालाई राजेश हमाललगायतले महानायिका देखिने स्यासे र क्राउन लगाइदिनु भएको हो ।

उहाँलाई हमाललगायतले महानायिका घोषणा गर्दै बधाई ज्ञापन गर्नुभएको हो । नेपाली चलचित्र जगतमा तीन दशकदेखि आफ्नो छवि बनाउनु भएकी करिश्माले २०४५ सालमा चलचित्र ‘सन्तान’बाट नायिकाको रूपमा यात्रा गर्नुभएको थियो ।

झण्डै एक दशकअघि सोही समुहले अभिनेता राजेश हमाललाई महानायकको उपाधि दिएको थियो । उक्त समारोहमा कलाकार नीर शाह, कुलमान घिसिङ्ग, गीतकार डा. भोला रिजाल, गीतकार मिन सागर लामा लगायतका व्यक्तिहरुलाई राष्टिय सम्मान प्रदान गरिएको थियो ।

सम्बन्धित खबरहरु