काठमाडौं । निर्वाचन आयोगमा पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुग्नु भएको छ । निर्वाचन कार्यालय पुगेर निर्वाचनको तयारी जारी राख्न निर्देशन दिएलगत्तै प्रधानमन्त्री ओली शितलनिवास जानु भएको हो ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच करिब आधा घण्टा भेटवार्ता चलेको राष्ट्रपतिको सूचना तथा सञ्चार विज्ञ सल्लाहकार टीका ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार राष्टपति र प्रधानमन्त्रीबीच नियमित भेटघाट मात्रै हो ।

सम्बन्धित खबरहरु