काठमाडौं । सरकारले माघ ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोनाम ल्होसारको अवसरमा सरकारले विदा दिने निर्णय गरेको हो । यो सँगै नेपाल सरकारले वैशाख १७ गते चारवटा प्रदेशका ४० जिल्ला र वैशाख २७ गते ३७ वटा जिल्लामा प्रतिनिधिसभाको लागि निर्वाचन गर्ने निर्णय गरेको छ ।

माघ २६ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्ने सिंहदबारमा मगंलबार आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले सो बारे जानकारी गराउनुभएको हो ।

उहाँका अनुसार वैशाख १७ गते प्रदेश नम्बर २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा र वैशाख २७ गते प्रदेश नम्बर १, वागमति र कर्णाली प्रदेशमा प्रतिनिधिसभाको लागि निर्वाचन हुनेछ ।

यस्तै सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । माघ १९ गते र माघ २६ गते बसेको बैठकका निर्णयहरु निम्ननुसार रहेका छन् ।

सम्बन्धित खबरहरु