timthumb.php

नक्कली सर्टिफिकेट निकालेको भन्ने दावीप्रति प्रतिवाद 

हाल लण्डनमा पीएचडी अध्ययनको तयारी गरिरहेकी खुश्बु ओलीले नेपालका केही व्यक्ति तथा मिडियाहरुले आधारहीन समाचार सम्प्रेषण गरेर आफ्नो चरित्र हत्या गरेको आरोप लगाएकी छन् ।

गत हप्ता  नेपालको एउटा अनलाइन साइटमा खुश्बुले पाटन क्याम्पसबाट नक्कली सर्टिफिकेट निकालेको भन्ने दावीप्रति प्रतिवाद गर्दै आफू त्यो समयमा लन्डनमै अध्ययन गरिरहेकोले पाटन क्याम्पसको सर्टिफिकेट सम्बन्धी समाचार तथ्यहीन र भ्रामक भएको बताएकी छन्।

समाचारसँगै छापिएको सर्टिफिकेटमा सन् २०१० उल्लेख गरिएको तर, आफू २००८ देखिनै लण्डनमा अध्ययन गरिरहेको बताउँदै उनले भनिन, “न मैले कहिल्लै पाटन क्याम्पस पढें न त त्यस्तो सर्टिफिकेटको प्रयोगको जरुरत नै भयो।”   उनले त्यस अवधिको बेलायतको युनिभर्सिटीको अध्ययन  स्वीकृति पत्र ( E4G5MZ6B05I0B0) र होम अफिसको टिएर फोर लाइसेन्स नम्बर(UED4UGNF1) जाँचेर हेर्न सकिने समेत बताईन्।

समाचारसँगै छापिएको उनको फोटो सहितको पाटन क्याम्पसको प्रमाणपत्र फोटोसप प्राविधिको प्रयोग गरेर बनाईएको उनको दावी छ। “तपाई हामीले त फोटोसपमा त्यस्तो सर्टिफिकेट तयार गर्न सक्छौ भने त्यही इण्टेन्सन बोकेर हिड्नेले नसक्ने कुरै भएन “समाचार आएपछि उदाहरण देखाउनको लागि आफ्नो फेसबुक पेजमा त्यहि सर्टिफिकेटमा एन्जेलिना जोली र ऐश्वार्य रायको फोटो र नाम  हालेर देखाएको समेत उनले बताईन। (हेर्नुहोस)

Ratopati ma aako news le dukha bhanda pani aascharyachakit banayo, kati sajilo bhako cha aile kasaiko character bare news banayaera jati sakdo news share garayera afno publicity badaune. 
Kunai pani critical issues bare lekhda k hamro media ko ek palta tyasko resource verufy garne wa ek palta cross check garne hamro journalist haruko daayitwa haina ra, kunai pani news ko duita paato huncha … patrika le nirnaya haina sambhawana ujaagar garne ho.. khusbu oli le certificate kinin bhannuhuncha bhane ..ki kasaile certificate banayera badnaam garna khojyo ki bhanera lekhnubhayeko bhaye khusi lagthyo.. certificate ma sahi galat cha, information galat cha bhane tyasko source patta launu hamro daayitwa huncha ki ekaichoti khusbu oli lai galat thaharaunu galat huncha.. aile ko photoshop ko jamana ma kasaile pani kasaiko badnaami garna yasta kaarya garna sakchan…
Please ma hamro online media lai haat jodera binamra anurodh garchu kunai pani news le kasaiko life wa character lai asar paarcha bhane please please ekchoti verify gardinus. Bhawisya ma mero barema kunai pani news kasaile diyo bahne  oli.khusbu@gmail.com ma ekchoti ma sanga verify gardinu hola..media le decision nadiu kewal disha nirdesh garau.. kasaile  galti gareko cha bhane nyaayalaya ma lagau tara kripaya afai faisala  nasunaunu hola… 
Belayat ma padhda bela ko mero CAS Number ra Mero Sponsor ko License no cha …yaslai verify garna saknuhuncha ..
Confirmation of Acceptance for Studies number: E4G5MZ6B05I0B0
   Tier 4 Sponsor Licence Number: UED4UGNF1 
    Ra photoshop ra edit ko euta sano namuna maile afaile banayera yasma haleko chu ekchoti hernuhola… Khusbu oli ko jasari certificate banyo tyasari nai maile namuna certificate banako chu with two well known faces so that sabai padhne haru lai clear huncha … aja ma victim bhako chu bholi aru huna sakchan tyasaile tyasta kaam garne lai pakdiu…baachau ra baachna diu.. dhanyabad

Ratopati ma aako news le dukha bhanda pani aascharyachakit banayo, kati sajilo bhako cha aile kasaiko character bare news banayaera jati sakdo news share garayera afno publicity badaune.
Kunai pani critical issues bare lekhda k hamro media ko ek palta tyasko resource verufy garne wa ek palta cross check garne hamro journalist haruko daayitwa haina ra, kunai pani news ko duita paato huncha … patrika le nirnaya haina sambhawana ujaagar garne ho.. khusbu oli le certificate kini

“कसैको व्यक्तिगत रिसइबी र दाउपेच साँध्नको लागि मात्र पनि नेपालमा मिडियाको प्रयोग गरिनु दुर्भाग्यपूर्ण छ”, उनले भनिन्।

नेपालबाट कसैले समाचार बारे जानकारी दिएपछी हेर्दा आश्चर्यचकीत बनेको भन्दै स्रोत नखुलाईएको न्युज प्रकाशन गर्दा एकपटक सम्बन्धित व्यक्तिसँग भेरिफाइ गर्नुपर्ने उनको सुझाव थियो। “समाचार पोर्टलको पब्लिसिटीको लागि कसैको चरित्रसँग जोडिने समाचार अपुष्ट ढंगले छाप्न पाईन्छ?” उनले आक्रोसित हुँदै प्रश्न गरिन्। समाचारसँग सम्बन्धित व्यक्तिलाई सम्पर्क गर्दा अब भई त हाल्यो, छोडिदिनुस भन्ने गैरजिम्मेवार पूर्ण जवाफ दिएको समेत उनले बत्ताईन्।

नक्कली प्रमाणपत्र पेश भएको भए सम्बन्धित निकायले छानबिन गरेर कारबाही अघि बढाओस भन्ने चेतावनी दिँदै उनले भनिन,’मेडियामा आएको समाचारले त सामाजिक घटनाक्रमलाई निर्देशित पो गर्ने हो तर हाम्रोमा त च्याउ सरी उम्रिएका अनलाईनहरू जज नै बन्न थाले।’

उनका अनुसार २००८ मा बेलायतको रिडिङ्ग युनिभर्सिटीबाट एक वर्षे  फ़ाउण्डेशन  कोर्ष पश्चात अक्सफोर्ड यूनिभर्सिटीबाट इन्टर नेशनल रिलेसनमा अण्डर ग्र्याजुएट हुँदै बेलायतकै किङ्ग्स्टन युनिभर्सिटीबाट २०१२ मा एमएससी सक्दा सम्म उनी लगातार बेलायतमै छिन्। हाल उनी मध्य पूर्वमा बढदो मुस्लिम अतिवाद सम्बन्धी बिषयलाई लिएर पिएचडी  गर्ने तयारीमा रहेको बताईन्।

 “म मेरो जीवनमा आफ्नो पहिचान आफै खडा गर्न सक्षम छु, कसैसँग जोडेर चिनिनु पर्दैन,” उनकै शब्दमा जीवनको बितिसकेको अध्याय दिनेश अधिकारीसँगको सम्बन्धलाई लिएर मिडियाले मसला बनाउँदा आफुलाई नराम्रो लाग्ने भन्दै उनले थपिन्।

अहिलेपनि केहि तत्वहरुले पारिवारिक मामिलामा दुःख पुर्‍याउन खोजेको बताउँदै परिवारको सपोर्टलाई उनले सर्बोपरी बताईन्। आफ्नै बुवालाई प्रेरणाको स्रोत ठान्ने २४ बर्षीय खुश्बु ओली परीवारमा दुई दाजु मुनिकी कान्छी हुन्।

“मलाई बिगत प्रति कुनै पश्चाताप पनि छैन र त्यो विगतले जीवनमा अगाडि बढने उद्देश्यमा कुनै बाधा पनि हाल्दैन” उनको प्रेम प्रसंग कोट्याउदा अलि कडा रुपमै प्रस्तुत उनको जवाफ थियो, “त्यो क्लोज भईसकेको च्याप्टरतर्फ अब नलागौ” डन ठानिएका दिनेश अधिकारी “चरी” की तत्कालिन प्रेमिका भनेर चिनिएकी खुश्बु, दिनेश प्रहरी कारवाहीमा मारिएपछी झनै चर्चित बनेकी थिइन्।

 अहिले  लण्डनमा कनफ़्लिक्ट सेटलमेन्ट सम्बन्धि काम गर्ने बताउने उनले नेपालमा शुरु गरेको समाज सेवाको निरन्तरतामा भने संसारमा जता बसे पनि खटेर लाग्ने बताईन्।

उनले काठमाडौं बिशाल नगरमा सञ्चालन गरेको  शेल्टर नेपाल नामको संस्थामा २९ जना सडक बालकको संरक्षण र पुनर्स्थापना भईरहेको बताउँदै यसको बिस्तार गर्दै लग्ने उद्देश्य रहेको जनाईन्। “बिगतका प्रेम सम्बन्धका कुराभन्दा वर्तमानका सबल पक्षहरुलाई समाजले हेरिदेओस भन्ने मेरो चाहना हो”, अन्त्य तिर  उनले थपिन्।

कतैको गन्तव्यमा हतारिँदै एक कप कफीसँगै गफिएकी खुश्बु ओली पहिरनमा स्मार्ट र बोलीचालीमा सरल देखिन्थिन्।

सम्बन्धित खबरहरु