काठमाडौ । अन्ततः जीवन अनि मृत्युको सङ्घर्षमा सुनिता क्षत्रीले मृत्युलाई अङ्गालिन् । उनले आज बिहान सिलगढीको एउटा निजि अस्पतालमा अन्तिम स्वास लिइन्।

स्मरण गराइन्छ सिङ्गापुरमा काम गर्न गएकी सुनिता क्षत्री बिरामी भएपछि अनेकौं कष्ट अनि सङ्घ संस्थाहरुका सहयोगमा उनलाई गत २१ जनवरीको दिन सिलगढी ल्याइएको थियो। उनको सिलगढी न्युटिया अस्पतालमा उपचार चलिरहेको थियो भने आज बिहान उनको निधन हुन गएको छ। उनलाई ठूलो सहयोग मिलेको थियो । मृत आत्माप्रति हार्दिक श्रद्धाञ्जली।

सम्बन्धित खबरहरु