कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका–१२ भुजेलाघाटस्थित महाकाली नदीको टापुमा १६ जना मलामी फसेका छन् । उनीहरुको प्रहरीले सकुशल उद्धार गरेको छ ।

उक्त स्थानमा मलामी गएको अवस्थामा भारतको टनकपुरस्थित एनएचपिसिद्वारा टनकपुर पावर हाउसको पानी सफाई गर्नको लागि महाकाली नदीमा पानी छाडेपछि पानीको बहाब बढ्न गई उनीहरु नदीको बीच भागको टापुमा फसेका हुन् ।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो ।

सम्बन्धित खबरहरु