काठमाडौं । पूर्व विद्यार्थी नेतृ एवं नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल पक्षकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री चाँडै पक्राउ पर्ने देखिएको छ । प्रधानमन्त्री निवास बालुवाटारबाट यस्तो दबाब आएको जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका निकटस्थहरुको दबावमा गृह–सचिव महेश्वर न्यौपानेले नेकपा नेतृ झाँक्रीलाई पक्राउ गर्न प्रहरीलाई दबाव दिनु भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीमाथि दिएको अभिव्यक्तिका कारण चर्चामा रहनु भएकी झाँक्री लामो समयदेखि सरकारको आलोचना गर्दै आउँनु भएको छ ।

राष्ट्रपतिको मानमर्दन हुनेगरी बोलेको आरोप लगाइएको छ । गोरखामा आयोजित विरोध कार्यक्रममा झाँक्रीले राष्ट्रपतिलाई बडामहारानी भन्नु भएको थियो । राष्ट्रपतिको आलोचना गर्दै उहाँले राष्ट्रपतिका कुरा त के गर्नु, म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु निर्वाचनको तयारीका लागि सुविधा छाडेर आउनुस् भन्नु भएको थियो ।

उहाँले थप आलोचना गर्दै उहाँले शीतलनिवास छाडेर पहिला कोटेश्वर, चावहिल कि कता बानेश्वरतिर गए हुन्छ भन्नु भएको थियो । प्रधानमन्त्री ओलीसँग मिलेर काम गरेको भन्दै झाँक्रीले राष्ट्रपतिलाई बालकोट गएपनि हुन्छ भनेर गलत बयान दिनु भएको थियो ।

 

सम्बन्धित खबरहरु