काठमाडौं । लोक सेवा आयोगका विभिन्न सूचनाहरु प्रकाशित गरिएको छ । आयोगले जारी गरेको सुचनामा भनिएको छ, ‘जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाबाट पूर्ति गर्नुपर्ने राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) का निम्नलिखित सेवा–समूह–उपसमूहका पदहरुका लागि निजामती सेवा ऐन, २०४९ (चौथो संशोधन) को दफा २४ घ १ (क) तथा कर्मचारी समायोजन ऐन, २०७५ को दफा १४ को उपदफा ४ बमोजिम सम्भाव्य उम्मेदवारहरुले लोक सेवा आयोगबाट निर्धारित दरखास्त फाराममा उल्लेखित विवरण खुलाई मिति २०७७–१२०३ सम्ममा सम्बन्धित बढुवा समितिको सचिवालयमा दरखास्त दिनुहुन सूचना गरिन्छ । म्याद नाघी प्राप्त हुन आएका दरखास्त उपर कुनै कारबाही गरिने छैन ।’

सम्बन्धित खबरहरु