बुहान । कोरोनाको उद्गमस्थल खोज्न चीनको बुहानमा पुगेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)  को टोलीले अहिलेसम्मका आफ्ना खोजबारे जानकारी दिएको छ । जनवरी १४ मा बुहान पुगेको टोलीले हालसम्मका खोजबाट प्राप्त उपलब्धीबारे जानकारी दिन ९ फेब्रुअरीमा पत्रकार सम्मेलन गरेको थियो । भाइरसबारे अनुसन्धानमा विश्व स्वास्थ्य संगठन र चिनियाँ वैज्ञानिकहरुको टोली पत्रकार सम्मेलन गरेको हो ।

विश्व स्वास्थ्य संगठनको टोलीले चीनको कुनै प्रयोगशालाबाट सार्स कोभ–२ कोरोना भाइरस फैलिएको नदेखिएको जानकारी दिएको छ । पहिलो बुहानको खाद्य बजार आसपासमा भाइरस फैलिएको र त्यसपछि अन्य ठाउँमा भाइरस फैलिएको दावी विश्व स्वास्थ्य संगठनले गरेको छ । त्यो खाद्य बजारमा कतैबाट भाइरस आएको हुनसक्ने ठहर अनुसन्धान टोलीको छ ।

अन्य देशबाट आयात गरिएको खाद्य वस्तुबाट बुहानमा कोरोना भाइरस फैलिएको दावी चिनियाँ वैज्ञानिकहरुले गरिरहेका छन् । बुहानको खाद बजारमा कहाँबाट भाइरस आयो भन्ने बारेमा भने अनुसन्धान टोलीले कुनै जानकारी दिएको छैन् ।

 

सम्बन्धित खबरहरु