काठमाडौं । पछिल्ला दिनहरुमा लगातार राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अपमान गर्दै आएकी एक महिला नेतृलाई प्रहरीले बोलाएको छ । भण्डारीविरुद्ध अभिव्यक्ति दिएको भन्दै प्रहरीले नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलाएको हो ।

केहि साता पहिले गोरखामा आयोजित कार्यक्रममा झाँक्रीले कानुनले बर्जित गरेको अभिव्यक्ति दिएका कारण सोधपुछका लागि बिहीबार बोलाइएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिनुभयो ।

प्रहरीले झाँक्रीमाथि कानुनले बर्जित गरेका अभिव्यक्ति दिएको देखिएको बताएको छ । त्यसै प्रकरणमा उहाँसँग सोधपुछ गर्न लागेको प्रहरीले जानकारी दिएको छ । उहाँलाई महाशाखा परिसरमा बिहीबार उपस्थित हुन भनिएको छ ।

सम्बन्धित खबरहरु