काठमाडौं । नेपाली राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको छ । नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेको खबरसँगै राजनीति नयाँ मोडमा पुगेको छ । यो बीचमा नेकपा प्रचण्ड–नेपाल पक्षमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताउनु भएको छ ।

पेरिसडाँडामा आज आयोजित एक कार्यक्रममा प्रचण्डले रामकुमारीको पक्राउ लोकतन्त्रमाथिको दमन भएको बताउनु भएको छ । अध्यक्ष प्रचण्डले रामकुमारीले लोकतन्त्र प्रति प्रखर रुपमा बोल्नुभयो भनेर पक्राउ गरियो भन्नुभयो । आफूहरुले रामकुमारीलाई पक्राउ नगर्न आग्रह गर्दा पनि ठाडो आदेशमा पक्राउ गरिएको प्रचण्डले स्पष्ट पार्नुभयो । यसबारेमा आफूले निर्णय गर्ने पनि उनले जानकारी दिनुभयो ।

राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले झाँक्रीलाई घरबाटै पक्राउ गरेको छ । पुर्जीमा राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५८ अनुसार पक्राउ गरिएको उल्लेख छ । उक्त दफामा राष्ट्रपति वा संसद्लाई धम्की दिन नहुने उल्लेख छ । कसुर प्रमाणित भए कसुर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कारागार, ७० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ ।

सम्बन्धित खबरहरु