काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा यही गर भनेर जुलुस निकाल्न नमिल्ने विषय आफू जानकार रहेको बताउनुभएको छ ।

जुलुस हेरेर फैसला गर्ने भए अदालत नै नचाहिने भन्दै उहाँले, ‘जसले ठूलो जुलुस ल्याउँछ, उसकै काम गर्नुपर्‍यो भन्ने हुन्छ भन्दै प्रश्न गर्नुभयो । ओलीको जुलुस ठूलो कि प्रचण्डको जुलुस ठूलो अब अदालतले हेर्नुपर्‍यो भन्दै उहाँले प्रश्न दोहोर्याउनुभयो ।

प्रतिनिधिसभा विघटनबारे संवैधानिक इजलासमा भइरहेको बहसतर्फ इंगित गर्दै उहाँले अदालतलाई यही गर भन्न नमिल्ने स्पष्ट पार्नुभयो । बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित अन्तर्क्रिया कार्यक्रममा सभापति देउवाले कांग्रेस चै त्यस्तो काम गर्दैन भन्नुभयो ।

आफूले भेटेका वकिलहरुले बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न पाइन्छ भनेर लेखेको छैन भनेको भन्दै उहाँले भन्नुभयो, ‘पाइन्न भनेको छ भने त्यो हुनुपर्छ । पाइन्छ भनेको छ भने त्यही हुनुपर्छ त्यसैले अदालतको कुरामा हामी केही नगरौं । दुबैका लागि तयार होऔं ।

सम्बन्धित खबरहरु