काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड–नेपाल समूह) की नेतृ केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्री प्रहरी हिरासतबाट रिहा भएकी छिन् । रिहा भए लगत्तै प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको र आज घुडामै आएर प्रतिगमन झुकेको प्रतिक्रिया दिएकी छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले राज्य विरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै जरुरी पक्राउ पूर्जी थमाएर बिहीबार विहान उनलाई उनकै निवासबाट पक्राउ गरेको थियो ।

मीनभवनस्थित महाशाखाको कार्यालयमा झण्डै साढे ५ घण्टा राखेर साँझ उनलाई रिहा गरियो । रिहाइपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै झाँक्रीले आफू विना शर्त रिहा भएको बताएकी छन् । प्रतिगमनविरुद्ध आन्दोलनलाई उत्कर्षमा पुर्‍याउन भूमिका खेलेका कारण आफूलाई गलत गर्ने प्रयासस्वरुप पक्राउ गरिएको भन्दै उनले लोकतन्त्र पक्षधरहरुको दबावमा आफू रिहा भएको बताइन् ।

उनले अघि भनिन्, ‘देशभर भएको प्रदर्शन र दबावको अगाडि प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको छ । हामी जित्दैछौं ।’ यो हाम्रो जित हो उनले भनिन् ।

https://www.youtube.com/watch?v=UD638_bKqh8

 

सम्बन्धित खबरहरु