काठमाडौ । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । बुधबार ८ दशमलव ६६ अंक बढेर बन्द भएको नेप्से बिहीबार भने १६ अंक घटेर बन्द हुन पुगेको हो ।

समग्र नेप्से सूचकमा करेक्सन आए पनि बैंकिङ समूहको सूचक भने वृद्धि भएको छ । वाणिज्य बैंक, विकास बैंक तथा म्युचुअल फन्ड समूहका सूचक बढेका हुन् । पछिल्लो समय विशेषगरी बैंकतिर लगानीकर्ता आकर्षित भइरहेका छन् ।

बैंकको शेयर तुलनात्मकरुपमा सस्तो भएको अनि अहिले कायम भाउका आधारमा प्रतिफल औसतमा बढी भएकाले पनि लगानीकर्ता यतातिर आकर्षित भएका हुन् ।

बिहीबार कारोबार भएका कम्पनीमध्ये ३२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १२४ वटा कम्पनीको मूूल्य घटेको छ। ११ कम्पनीको मूल्य भने स्थिर रहेको छ।

चन्द्रागिरि हिल्स लिमिटेडको सेयर मूल्य ५ प्रतिशतले बढेको छ भने लुम्बिनी विकास बैंकको ४ प्रतिशतले बढेको छ । बिहीबार डेप्रोस लघुवित्त वित्तीय संस्थाको सर्वाधिक ५६ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

नबिल बैंकको ३८ करोड रुपैयाँ, कुमारी बैंकको ३२ करोड रुपैयाँ, प्रभु बैंकको ३० करोड रुपैयाँ र ग्लोबल आइएमइ बैंकको २७ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

सम्बन्धित खबरहरु