काठमाडौ । भारत र चीनबीच चमत्कारीक आइसब्रेक भएको छ । लद्दाखको सीमा क्षेत्रबाट आ–आफ्ना सेनालाई फिर्ता ल्याउने सहमति गरेका छन् । यो सहमतिसँगै आइसब्रेक भएको र शान्ति अमनचैन भएको भन्दै दुबै देशका नागरिकले खुशीयाली मनाएका छन् ।

दुवै देशका वरिष्ठ सैनिक कमान्डरहरूबीच नौ चरणको वार्तापछि पान्गोङ्ग त्सो तालको उत्तर र दक्षिण किनारबाट पछाडि हट्ने सहमति भएको दुबै देशका सञ्चार माध्यमहरुले खबर प्रशारण गरिरहेका छन् ।

भारतको रक्षामन्त्री राजनाथ सिंहले लद्दाखको सीमा क्षेत्रबाट सैनिक फिर्ता ल्याउने कदम परमाणुअस्त्रसम्पन्न मुलुहहरूबीच भएको निरन्तरको वार्ताको परिणाम भएको प्रतिक्रिया दिएका छन् ।

उता चीनको राष्ट्रिय प्रतिरक्षामामिला मन्त्रालयका प्रवक्ताले पान्गोङ त्सो तालबाट संयोजित र व्यवस्थित रूपमा पछाडि हट्ने कार्य आरम्भ भएको स्पष्ट पारेका छन् । गत जुनमा दुई देशका सैनिकहरूबीच भएको घम्साघम्सीमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । त्यसयता दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको थियो ।

 

सम्बन्धित खबरहरु