काठमाडौं । भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको भन्दै चीनले बीबीसी वर्ल्ड सर्भिस टेलिभिजनमाथि रोक लगाएको छ । ‘झूटो’ र ‘अनुचित’ सामग्री प्रसारण गरेको भन्दै बीबीसी वर्ल्ड न्युजलाई प्रसारणमा रोक लगाइएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जानकारी दिएका छन् । हालैका आफ्ना रिपोर्टहरुमा बीबीसीले कोरोना महामारी र शिनजियाङमा विगर मुसलमानहरुमाथि शोषण भइरहेको भन्दै आलोचनात्मक सामग्री तयार पारेको थियो ।

बेलायतको विदेश मन्त्रालय विज्ञप्ति जारी गर्दै चीनमा इन्टरनेट र मिडयामाथि कडा प्रतिबन्ध लागू भएको जानकारी दिएको छ । बेलायती विदेश मन्त्रालयले चीनको पछिल्लो निर्णयले विश्वसामु उसको छवि थप गिराउने बताउने भएको छ । गत हप्ता बेलायती सञ्चारमाध्यम नियामक निकाय अफकमले चीन सरकारको नियन्त्रणमा रहेको सीजीटीएन टेलिभिजनको प्रसारण लाइसेन्स निलम्बित गरेको थियो ।

सम्बन्धित खबरहरु