काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले सोनाम र ग्याल्बो ल्होसारका अवसरमा आज शुभकामना सन्देश दिँदै सरकारले विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै ती समूदायका भाषा, लिपि, धर्म, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै आएको जनाउनुभएको छ ।

उहाँले यस कार्यमा आम नागरिकको तर्फबाट सकारात्मक सहयोगको अपेक्षा पनि राख्नुभएको छ । “तामाङ जातिको रीतिथिति, परम्परा, संस्कृतिको संरक्षण र सम्वद्र्घन गर्दै अघि बढ्न यस पर्वले थप प्रेरणा प्रदान गर्नेछ ।

शेर्पा समुदायको रीतिथिति, परम्परा, संस्कृतिको संरक्षण र सम्वद्र्घन गर्दै अघि बढ्न यस पर्वले थप प्रेरणा प्रदान गर्ने छ भन्ने विश्वास व्यक्त गर्दछु ।” उहाँको सन्देशमा भनिएको छ, “सोनाम ल्होछार र ग्याल्बो ल्होछार मनाउने क्रममा विद्यमान कोभिड–१९ का संक्रमणप्रति ध्यान अनुरोध गर्दछु ।”

मन्त्री ढकालले विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक एवं सामाजिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान भएकाले हाम्रो संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृति सम्बन्धी विषयलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको पनि स्मरण गराउनुभएको छ ।

सम्बन्धित खबरहरु