काठमाडौ । वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीले १०१ बर्षमा सबै शरीर दानको घोषणा गर्नुभएको छ । उहाँकी धर्मपत्नीले समेत सबै शरीर दानको घोषणा गर्नुभएको हो । उहाँहरुले दानका लागि लिखित सहमति यसअघि नै दिनुभएको हो ।

आज एक कार्यक्रमकाबीच उक्त घोषणा गर्नुभयो । शताब्दी पुरुष सत्यमोहन जोशी उहाँकी श्रीमती राधादेवी जोशीको यो निर्णयलाई विश्व समुदायले नै जति सम्मान गरेपनि अपुग हुन्छ ।

घोषणा कार्यक्रममा उहाँले चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि आफ्नो शरीर दानले ज्ञानको खोजीमा रहेको पुस्ताका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो आखिर मेरो शरीर यति लामो बर्षसम्म किन यति धेरै स्वस्थ भन्ने कुरा चिकित्सा विज्ञानका खोजकर्ताले पत्ता लगाउन् भनेर दान दिएको छु । थप सबै जानकारी भिडियोबाट हेर्नुहोला ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु