काठमाडौं । ‘जनयुद्ध दिवस’ लाई लिएर सत्तारुढ नेकपाभित्र रहेका दुई समुहमा विवाद देखिएको छ । ओली पक्षले नमनाउने बताए पनि दाहाल–नेपाल पक्षले फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाउने भएको छ । दाहाल–नेपाल पक्षले केन्द्रदेखि हरेक जिल्लालाई आफ्नो अनुकुलमा ‘जनयुद्ध दिवस’ मनाउन सर्कुलर जारी पनि गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा २६ औं ‘जनयुद्ध दिवस’ मनाउने निर्णय गरिएको छ । पार्टी कार्यालयमा हुने कार्यक्रमलाई अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सम्बोधन गर्नु हुनेछ ।

तत्कालीन माओवादी पार्टीले २०५२ साल फागुन १ गते सशस्त्र युद्ध शुरु गरेको सम्झनामा उनीहरुले हरेक वर्ष दिवस मनाउने गरेका छन् । तत्कालीन एमाले र माओवादी पार्टीबीच एकता भएपछि भने जनआन्दोलन र ‘जनयुद्ध’का शहीदको सम्मानमा भन्दै फागुन १ गते मनाइएको थियो ।

सम्बन्धित खबरहरु