काठमाडौ । श्वेता श्री फाउन्डेसनमार्फत बनाइएको भनिएको सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका १४ स्थित इन्द्रावती नदी किनारामा रहेको माझी बस्तीको बारे विवाद बग्रेल्ती आएपछि अभिनेत्री श्वेता खड्काले मुख खोलेकी छिन् ।

त्यहाँका स्थानीयले श्वेताले झुक्याएर प्रतिव्यक्ति चार लाख ऋण लगाएको भन्दै रुदै मिडियामा आएपछि उनी बोल्न बाध्य भएकी हुन् । उनले उक्त परियोजनामा कुनै घोटला नभएको दावी गरिन् । कुनै घोटला भएको रहेछ भने जुत्ताको माला लगाउन र कालो मोसो लगाएर माझिबस्तीमा घुम्न तयार छु भनेकी छिन् ।

यसो भनिरहँदा उनी केही चुकेकी छिन् । माझिहरुलाई ऋण लगाएको कुरा स्वीकार गरेकी छिन् । सरकारबाटपनि प्रतिव्यक्ति ३ लाख बुझेको उल्लेख गरेकी छिन् । एउटा घर बनाउँन ७ लाख खर्चिएको बताएकी छिन् । तर घर हेर्दा ७ लाख लाग्ने जस्तो देखिन्न । सबै कुरा भिडियोमा हेर्नुहोला । भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

https://www.youtube.com/watch?v=KwcdIAl13kk

सम्बन्धित खबरहरु