काठमाडौं । केही समय पहिले भारतमा शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । उत्तर भारतमा भूकम्पको ठूलो भूकम्प महसूस गरिएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । आज राति ११ बजे दिल्ली एनसीआर भूकम्पले हल्लायो । भूकम्पको प्रभाव हरियाणा, राजस्थान, जम्मू कश्मीर, उत्तराखन्डमा पनि भएको छ ।

भूकम्पको केन्द्रबिन्दु ताजिकिस्तानको रूपमा रहेको जनाइएको छ । भूकम्पको तीव्रता ६.२ रेक्टर स्केलमा मापन गरिएको छ । भुकम्पले पाकिस्तानलाई पनि हल्लाएको जनाइएको छ । मध्यरातमा आएको भुकम्पका कारण मान्छेहरुको भागाभाग भएको छ । अहिले पनि मान्छेहरु त्रासमा देखिएका छन् ।

https://twitter.com/TRTWorldNow/status/1360277562774204418

https://twitter.com/ANI/status/1360274416203014147

https://twitter.com/geonews_english/status/1360277935278731270

सम्बन्धित खबरहरु