काठमाडौं । शनिबार पूर्वी जापानको तटमा ७.१ रेक्टर स्केल परिमाणको शक्तिशाली भूकम्प आएको छ । जापानको मौसम एजेन्सीले यस्तो जानकारी दिएको हो । भूकम्पको केन्द्रबिन्दु फुकुशिमा प्रान्तको तटमा ६० किलोमिटर गहिराईमा रहेको थियो । सुनामीको चेतावनी जारी नगरिएको पनि अधिकारीहरुले बताएका छन् । यसको क्षतिबारे कुनै जानकारी आइसकेको छैन ।

सम्बन्धित खबरहरु