काठमाडौं । बाँदर अचानक घरमा पसेर बच्चा लिएर फरार भएको छ । यस्तो एउटा सनसनीपूर्ण घटना भारत, तमिलनाडुको तन्जाभुरबाट बाहिर आएको हो । त्यहाँ एक ८ दिनकी बच्चाको दर्दनाक मृत्यु भएको छ । बच्चाकी आमा भन्छिन् कि बाँदरहरूको एउटा समूह घरभित्र पसे र उनका जुम्ल्याहा बच्चा लगेर भागेका थिए ।

त्यसपछि लामो प्रयास गरियो, एक बालिकालाई छतबाट बचाईयो तर अर्कोको मृत्यु भयो । बुवनेश्वरी नाम गरेकी एक महिलाले ८ दिन अगाडि दुई जुम्ल्याहा छोरीलाई जन्म दिएकी थिइन् । बुवनेश्वरीकी एक बालिकाको मृत्युपछि उनी अत्यन्त दुःखी छिन् ।

बुवनेश्वरीले दिएको जानकारी अनुसार उनका दुवै बच्चाहरू शनिबार बिहान घर भित्रै सुतिरहेका थिए । तब बाँदरहरूको एउटा समूहले छानाका टाईलहरू हटाएर घरभित्र पसेका थिए । बाँदरको भिड भित्र पसेर बच्चाहरूलाई लिएर गएका हुन् ।

घटनाको दिन बुभनेश्वरी कामबाट फर्कंदा छतमा बाँदरहरू देखेर उनी छक्क परिन् र सहयोगका लागि चिच्याइन् । ती महिला का अनुसार केहि समय पछि उनीहरुले थाहा पाए कि छोरीहरु हराइरहेका थिए । उनीहरु छतमा पुगेपछि एउटा मात्रै बच्चा देखेका थिए, तर अर्की छोरी कतै थिइनन् । यस्तो दृश्य देखेर उनी जोडले रोइन् ।

उनको कराइरहेको आवाज सुनेपछि छिमेकीहरू सहयोग गर्न आए । उनले सहयोगका लागि आएकाहरुलाई बाँदरले छोरीहरु लिएर भागेको जानकारी दिइन् । गाउँलेहरुको मद्धतले एक बालिकालाई छतबाट नै उद्धार गरियो । तर अर्की बालिकालाई फेला पार्न सकिएन् ।

केही समय पछि बालिकाको लाश नजिकैको पानी ट्याङ्की नजिक फेला पारियो । त्यसपछि, चिकित्सक टोलीले हतारमा बच्चाको जाँच गर्यो तर त्यतिबेला सम्म उनको मृत्यु भैसकेको थियो । घटनाको जानकारी पाउने बित्तिकै प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

सम्बन्धित खबरहरु