काठमाडौ । आईईसी कलेज अफ आर्ट एन्ड फेसन सुनौलो भविष्य खोज्ने युवा पुस्ताका लागि वरदान सावित भएको छ । धेरैले यो विषय पढेर स्वरोजगार भएका छन् भने केहीले विश्वभरी नै उत्कृष्ट भएर आफ्नो र देशको नाम राखेका छन् । आईईसी कलेजका फेसन डिजाइनिङ विधाका विद्यार्थीका क्रिएटिभ पहिरनमा नेपालका टप मोडलहरुले र्‍याम्प वाक समेत गरिरहेका हुन्छन् ।

र्‍याम्पमा नेपालका चल्तीका मोडल, नायिका तथा पूर्वमिस नेपाल सोस्टपरका रूपमा प्रस्तुत हुँदा सबै मोहित हुन्छन् । थाहा नहुने धेरैलाई लाग्नसक्छ यस्ता पहिरन कहाँ र कसले बनाउँछ ? विगत २२ वर्षदेखि शैक्षिक क्षेत्रमा निरन्तर योगदान पुर्‍याइरहेको आईईसी गु्रप अन्तर्गतको आईईसी फेसन कलेजले पढाएर त्यहाँबाट उत्पादन भएका दक्ष फेसन डिजाइनरहरुले नै यस्ता पहिरन बनाइरहेका छन् ।

यो कलेजले गुणस्तरीय शिक्षा पस्किएबापत सन् २००३ मा नै अमेरिकाबाट ‘इन्टरनेसनल गोल्ड अवार्ड’ प्राप्त गरेको थियो । नेपालमा पहिलोपटक फेसन शिक्षा भित्र्याएको आईईसी नेपालमा मात्र हैन विश्वका धेरै देशमा परिचित छ ।

यस संस्थाले आफ्ना विद्यार्थीलाई बढी व्यावहारिक बनाउन तथा नेपालभित्रै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी र दक्ष जनशक्ति उत्पादनका लागि नेपालमा फेसन विक समेत भित्र्याएको छ । पहिलो चुनौती भएपनि अहिले सफलताको यात्रामा यो कलेज रहेको आईईसी ग्रुपकी संस्थापक तथा कलेज अफ आर्ट एन्ड फेसनकी संस्थापक प्रिन्सीपल शैलजा अधिकारीले बताइन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् 

सम्बन्धित खबरहरु