काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङ कोरोना संक्रमणमुक्त भएको छ । पछिल्लो डेढ महिनायता कोरोना भाइर स सङ्क्रमणमुक्त जिल्लाका रूपमा रहेको छ । गत पुस १५ गते मुस्ताङमा रहेका सङ्क्रमित सबै निको भएपछि अहिलेसम्म कुनै पनि नयाँ संक्रमित फेला परेका छैनन् ।

मुस्ताङ जिल्ला लामो समयसम्म सङ्क्रमणमुक्त रहेको भए पनि सङ्क्रमण पुष्टि हुनथाले पछि नौ महिला र २४ पुरुष गरी ३२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । जिल्ला कारागार मुस्ताङमा रहेका तीन जना कैदीबन्दीमा पनि कोरोना पुष्टि भएको थियो ।

कारागारभित्र कसरी कोरोना सङ्क्रमण भयो भन्ने पुष्टि भने हुन नसकेको जनस्वास्थ्य कार्यालय मुस्ताङका निमित्त प्रमुख टीकाराम भण्डारीले बताउनुभयो । मुस्ताङमा सरकारले ल्याएको कोरोना भाइरसविरुद्धको खोप पहिलो चरणमा कारागारमा रहेका १३ जना कैदीबन्दीसहित २२६ जनालाई लगाइएको छ ।

सम्बन्धित खबरहरु