काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यमा जोडदार भुकम्पको धक्का महसुस गरिएको छ । सोमबार राति झण्डै १० बजे आसपास बिहारमा भूकम्पको झट्का महसुस गरिएको हो । रातको समयमा भुकम्प गएपछि मान्छेहरू बाहिर निस्केका छन् । राज्यका धेरै जिल्लाहरूमा भूकम्पको धक्का महसुस गरिएको छ ।

पटनामा, ठूलो संख्यामा मानिस घरबाट बाहिर निस्के र सडकमा उत्रिएका छन् । बिहारको राजधानी पटना बाहेक राज्यका धेरै जिल्लाहरुबाट भूकम्प गएको बताइएको छ । भारतीय सञ्चारमाध्यमहरुमा आएको खबर अनुसार भुकम्प ३.५ रेक्टर स्केलमा मापन गरिएको छ ।

https://twitter.com/ANI/status/1361353008517275651

सम्बन्धित खबरहरु