काठमाडौं । काठमाडौं महानगरपालिका जनस्वास्थ्य विभागको निःशुल्क मिर्गौला परीक्षण बारेको अत्यन्तै जरुरी सूचना प्रकाशित गरिएको छ । सुचनामा भनिएको छ, ‘काठमाडौं महानगरपालिका र मिर्गौला बचाऔँ अभियानको संयुक्त प्रयासमा काठमाडौं महानगरपालिकाका १ देखि ३२ सै वडाभित्र बसोबास गर्ने नगरवासीहरूको मिर्गौला जाँचका लागि यही मिति २०७७ साल फागुन ५ गतेदेखि ६ महिनासम्म “स्वस्थ मिर्गौला–स्वस्थ काठमाडौं” कार्यक्रम अभियानका रूपमा सञ्चालन भइरहेको छ ।

उक्त कार्यक्रम अन्तर्गत वडामा बसोबास गर्ने नागरिकले काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको वडास्थित सामुदायिक सहरी स्वास्थ्य क्लिनिकमा गई पिसाबको प्रारम्भिक परीक्षण मार्फत आफ्नो मिर्गौलाको स्वास्थ्य अवस्था निःशुल्क रूपमा जानकारी लिन सक्नुहुने भएकाले सम्पूर्ण महानगरवासीहरूको जानकारीका लागि यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।’

सम्बन्धित खबरहरु