काठमाडौं । गणितमा शून्य नम्बर ल्याएको भन्दै शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् । दाङको राजपुर गाउँपालिका–७ को सिक्टा माविका शिक्षक हेमराज विकले गत बिहीबार विद्यार्थीलाई पिटेका हुन् । कक्षा १० का केही विद्यार्थीलाई आन्तरिक परीक्षामा शून्य र एक नम्बर ल्याएको भन्दै लाठीले कुटपिट गरको पाइएको अनुगमनमा गएका अनेरास्ववियुका जिल्ला अध्यक्ष सर्जन परियारले बताए ।

‘शर्मिला नेपालीलाई बढी चोट लागेको छ,’ परियारले भने, ‘उनलाई २ हजारको औषधि गर्नुपरको रहेछ । अरू विद्यार्थीलाई पनि चोट लागेको छ ।’ स्थानीय जनप्रतिनिधिसँगको छलफलमा शिक्षकले माफी मागेको र अब त्यसो नगर्ने प्रतिबद्धता जनाएको उनले बताए । ‘यस्ता शिक्षकलाई तत्काल हटाउनुपर्छ भन्ने हाम्रो माग थियो । शिक्षकले गल्ती स्वीकार गरे’ उनले भने, ‘विद्यालयमा विज्ञान र गणित शिक्षकको अभाव भएकाले तत्काल हटाउन नसक्ने पाइयो ।’ विक निजी स्रोत शिक्षक हुन् ।

उनले तीन महिनादेखि विद्यालयमा विज्ञान र गणित पढाइरहेका छन् । विद्यार्थीलेलापरबाही गरकाले सामान्य दण्ड दिएर सुधार्न खोजेको विकले बताए । ‘मैले गल्ती महसुस गरको छु,’ उनले भने, ‘विद्यार्थीलाई यातना दिने मनसाय होइन ।’ राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले शिक्षकले गलत गरकाले कारबाही हुनुपर्ने बताए । सिक्टा राजपुरको विकट गाउँ भएकाले तत्काल अर्को शिक्षक पाउन कठिन हुने भन्दै अभिभावक उजुरी दिन तयार नभएका हुन् ।

सम्बन्धित खबरहरु