काठमाडौं । बारा, निजगढ नगरपालिका-४ पुरानो निजगढ टोलस्थित हाल बन्द रहेको अग्नेश्वर क्रसर उद्योगमा सोमबार दिउँसो आगलागी हुँदा जेनेरेटर, मोटर वाइरिङ केवल लगायतका सरसामान जलेर करिब १४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।


उदयपुर, कटारी नगरपालिका-५ खैरेनी बस्ने बबीलाल दनुवार, बुनिलाल दनुवार, सत्य नारायण दनुवार र सयशलाल दनुवारको घरमा सोमबार दिउँसो आगलागी हुँदा ४ वटा घर पूर्णरूपमा जलेर करिब ११ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीयबासी, सशस्त्र प्रहरी बल र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु